पार्टी एकताको पक्षमा पहल गर्दा विरोधीहरूले प्रपोगाण्डा फैलाएः प्रचण्ड सचिवालय

काठमाडौंः नेकपा अध्यक्ष प्रचण्ड सहमतिको पक्षमा रहेको उनको सचिवालयले जनाएको छ ।

नेकपा विवाद समाधानका लागि ५ बुँदे सहमति भएको भन्दै सामाजिक सञ्जालमा प्रपोगाण्डा फैलाइएकोप्रति प्रचण्डको सचिवालयले आपत्ति जनाएको छ । पार्टी एकता विरोधीको निराधार हल्लाको भ्रममा नपर्न पनि आग्रह गरिएको छ ।

याे पनि पढ्नुस  अनेरास्ववियूका नेताको शान्ति वनमा प्रगतिशील विवाह

‘अध्यक्ष कमरेड प्रचण्ड पार्टीलाई फुटबाट बचाउन र सहमति खोज्नका लागि अहोरात्र खट्टिनुभएको कुरा यहाँहरुमा जगजाहेर नै छ’, आइतबार राति सचिवालयले सूचना जारी गर्दै भनेको छ, ‘सामाजिक संजालमा सहमतिका लागि तैयार गरिएको ५ बुँदे ड्राफ्ट भन्दै गरिएको प्रपोगाण्डामा कुनै सत्यता नभएको र पार्टी एकता बिरोधीको निराधार हल्लाको भ्रममा नपर्न आग्रह गर्दछौं ।’

याे पनि पढ्नुस  क्यान्सर पीडित पूर्वलडाकू तामाङको नाममा किन गरियो अनर्गल प्रचार ?

अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्रीबाट केपी ओलीको राजीनामा माग गरेपछि नेकपाको विवाद बल्झिएको छ ।

कमेन्ट गर्नुहोस्