युएई बाट १५ दिनमा ३५ सय नेपालीको उद्दार

युएई: युएई स्थित नेपाली दूतावासको पहलमा १५ दिन भित्र ३५ सय २ जना नेपाली स्वदेश फर्किएका छन् ।

कोरोना भाइरसको महामारीका कारण बिदेशमा अलपत्र परेका नागरिकहरुलाई चार्टर्ड उडान मार्फत स्वदेश फर्काउने सरकारको नीति अनुरुप दूतावासले प्राथमिकता क्रम अनुसार उद्दार कार्यलाई तिब्रता दिएको हो ।

गत जुन १९ तारीख बिहान ४ बजे नेपाल एअर्लाइन्सको पहिलो चार्टर्ड उडान मार्फत १ सय ४८ जना नेपाली युएई बाट स्वदेश फर्किए संगै जुलाई ५ तारीख आइतबार सम्म नेपाल एअरलाइन्स,हिमालयन एअरलाइन्स,फ्लाइ दुबई र एअरअरेबियाका २० वटा चार्टर्ड उडान मार्फत ३५ सय २ जना नेपाली युएई बाट नेपाल फर्किएको दूतावास स्रोतले जानकारी दिएको छ।

याे पनि पढ्नुस  कुवेतमा एकजना नेपालीमा कोरोना भाइरसको संक्रमण

सरकारले निर्धारण गरेको प्राथमिकता क्रम अनुसार पहिलो चरणमा गर्भवती महिला, कोभिड बाहेका अन्य बिरामी, नेपालमा आफन्त गुमाएका, युएइमा लामो समय देखि रोजगारी गुमाएर खान बस्नै समस्या भएका नेपालीहरु नेपाल फर्किएका हुन ।

दूतावासले युएईबाट नेपाल फर्किन चाहने नेपाली संख्या १७ हजार ३ सय ७५ माथी रहेको भनी परराष्ट्र मन्त्रालयलाई सिफारिस गरेको भएपनी सो संख्या हालसम्म बढेर ३० हजार माथी पुगेको छ ।जसअनुसार पहिलो चरणमा परेकाहरुको नियमित उद्दार भैरहेको स्रोतले बताएको छ ।

याे पनि पढ्नुस  नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविरको आयोजना

नेपाल सरकारले लामो समय देखि रोजगारी गुमाएका,रोजगारता भागेर समस्यामा परेका र टिकट लिनै नसक्ने अबस्थामा रहेकाहरु लाई नि:शुल्क उद्दार गर्न कार्ययोजना तयार गरिरहेको हुँदा त्यस्ता पीडितहरुलाइ समेत पहिचान गरि स्वदेश फर्काइने दूतावास स्रोतको भनाइ छ।

कमेन्ट गर्नुहोस्