नेपालमा आज १८० जनामा कोरोना पुष्टि, २६४ संक्रमित डिस्चार्ज

काठमाडौं : नेपालमा सोमबार १ सय ८० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

देशका विभिन्न २५ प्रयोगशालामा गरिएको परीक्षणमा आज थप १ सय ८० जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै सङ्क्रमितको कुल संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।

याे पनि पढ्नुस  विश्वभर २ लाख ६५ हजारको मृत्यु, अमेरिकामा एकै दिन २५ सयको ज्यान गयो

त्यस्तै आज २ सय ६४ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोना जित्नेको संख्या ६ हजार ८ सय ११ पुगेको छ ।

कमेन्ट गर्नुहोस्