काठमाडौंको तीनकुने र नख्खुका २२८ जनाको पीसीआर रिपोर्ट आयो

काठमाडौं : उपत्यकाको समुदायमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिएको वा नफैलिएको भन्ने पत्ता लगाउन सरकारले सुरु गरेको परीक्षणका क्रममा तीनकुने र नख्खु क्षेत्रको नमुनामा संक्रमण नभएको पाइएको छ ।

स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीनकुने र नख्खु क्षेत्रको २२८ वटा नमुना लिएर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

याे पनि पढ्नुस  काठमाडौंमा ५७ र ललितपुरका ५ जनामा कोरोना संक्रमण

समुदायमा कोरोना संक्रमण भएको वा नभएको पत्ता लगाउन काठमाडौं उपत्यकाको १० ठाउँबाट सर्वसाधारणको नमुना लिइएको छ । अन्य ठाउँको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

हालै गरिएको एक अध्ययनमा काठमाडौंको ढलमा कोरोना भाइरस फैलाउने जीवाणु भेटिएको थियो । जनस्वास्थ्यका विज्ञहरुले विदेशबाट आएका व्यक्तिहरुको निगरानी राम्रोसँग नभएको, काठमाडौं उपत्यका बाहिरबाट पनि मानिसहरु आइरहेका हुनाले समुदायमा फैलिएको हुन सक्ने आशांक गरेका थिए ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकाः ३४० मा कोरोना पुष्टि, ५ को मृत्यु, कहाँ–कहाँ छन् संक्रमित ?

तर मन्त्रालयले समुदायमा कोरोना फैलिएको वा नफैलिएकोबारे अनुसन्धान भइरहेको र ढलमा जीवाणु भेटिँदैमा समुदायमा कोरोना संक्रमण भन्न नमिल्ने बताउँदै आएको छ ।

कमेन्ट गर्नुहोस्