भन्ज्याङ र चौतारी

मलाई प्रकृति सँग
बोल्न र खेल्न
सिकाउने भन्ज्याङ
अनि चौतारी
आज एक्लै बसी
सम्झनाको पानामा
आफूले लेखेका ती
स्वर्ण अक्षरहरु हेर्दै छन।
मेरो स्पर्शमा सारा
दुःख भुलाई मन्द मुस्कानमा
सधैँ आफूलाई सजाई राख्ने
भन्ज्याङ अनि चौतारी
आज दुःखको बोध
गरी करुडा ध्वनीमा
मलाई डाक्दै छन्।
बालापनमा
मेरो मगजमा चैतन्यको
बास गराईदिने
ती भन्ज्याङ अनि चौतारी
आज
जीवन अनि मरणको
दोसाधमा धट्पट्टी रहेका छन्।

तर म कहीँ दुर
बसी सम्झनाको पानामा
रहेका ती स्वर्ण अक्षरहरुलाई
मेटाउने कार्यमा तल्लिन छु
विगतमा मलाई आफ्नो
भनि आश्रय दिने
अनि मगजमा चैतन्यको
बास गराईदिने
ती भन्ज्याङ र चौतारीलाई
अब

अनविदको यात्रामा पठाई
आफू कृतिम वस्तुको भरिया बन्ने
योजना बनाउनमा व्यस्त छु।
यी सबै गर्नलाई आखिर म
त्यहीँ मनुवा नै त हुँ जो
आधुनिकताको दुनियाँमा संरचना बिहिन
चैतन्यको आडमा खोक्रोपनाको प्रर्दशन गर्न

सारा मनुवहारुको मगजमा
खोक्रोपनाको चैतन्यको जन्म गराउन
दमनताको खेती गर्नमा
नै त पोक्त छु।भन्ज्याङ र चौतारी

 

 

कमेन्ट गर्नुहोस्