कहाँका हुन् आज भक्तपुरमा थपिएका १० संक्रमित?

काठमाडौं : सोमबार भक्तपुरमा१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्रोतका अनुसार संक्रमितमध्ये २ जना नेपाल एयरलाइन्सका पाइलट हुन् ।

संक्रमित चाबहिलका ४२ वर्षीय र चाँगुनारायण नगरपालिकाका-२ दुवाकोटका ३४ वर्षीय पुरुष हुन् ।

यस्तै, अरू संक्रमितमा भक्तपुर नगरपालिका (भनपा)-२ इँटाछेंका २४ वर्षीय पुरुष, भनपा-१ च्यामासिङका ३३ वर्षका महिला, भनपा-२ ब्यासीका २७ वर्षीय पुरुष, ब्यासीमा डेरामा बस्ने धनकुटाकी २१ वर्षीया महिला, सूर्यविनायक नागरपालिका, बालकोटका २३ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

याे पनि पढ्नुस  टिपरको ठक्करबाट भक्तपुरमा १८ महिने शिशुको मृत्यु

चाँगुनारायण नगरपालिका २ का २७ वर्षीया महिला र वडा नम्बर ७ का ३० वर्षीय महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

उनीहरूको कन्ट्याक ट्रेसिङ गरेपछि स्थानीय हुन् वा अरू भन्ने खुल्ने जिल्ला जनस्वास्थ्य कार्यालयका एक अधिकारीले बताए ।

कमेन्ट गर्नुहोस्