कहाँ-कहाँ थपिए आज कोरोना संक्रमित? (सूचीसहित)

गएको २४ घण्टामा देशभर १ सय ८० जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

२५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार १ सय ८० जनामा कोरोना पोजिटिभ देखिएको हो ।

योसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापा, सिरहा र सुनसरीका १/१ जनामा कोरोना पुष्टि भएको छ। कोशी अस्पताल विराटनगरमा झापाका २, सिरहा र खोटाङका १/१ जनामा कोरोना भेटिएको छ।

याे पनि पढ्नुस  चिनियाँ व्यवसायी ज्याकले कोरोनाविरुद्ध लड्न नेपाललाई सहयोग गर्ने

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका १, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ६ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नुवाकोटका १ र सर्लाहीका ६, भरतपुर अस्पताल प्रयोगशालामा चितवनका १, किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौंडामा नवलपरासीका १ र रौतहटका ३ जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घण्टामा धुलिखेल अस्पताल प्रयोगशालामा काभ्रेका ३, नवलपरासीका १, ओखलढुंगाका ३ र सिन्धुपाल्चोकका १ जनामा कोरोना पुष्टि भएको छ।

याे पनि पढ्नुस  सहकारी दिवसमा कोरोना नियन्त्रण केन्द्रको स्थापना

पाटन अस्पताल ललितपुरमा बाराका १, भक्तपुरका १०, चितवनका ३, दाङका २, धादिङका १, दोलखाका २, गोरखाका २, झापा र कास्कीका १/१, काठमाडौंका २३, काभ्रेका १, खोटाङका २, ललितपुरमा २०, मकवानपुरका ५, नवलपरासी पूर्वका १, रौतहटका ३, संखुवासभाका १, सप्तरी, सिन्धुपाल्चोक र सिन्धुलीका २/२, सिरहा, सुनसरी, ताप्लेजुङ र अर्घाखाँचीका १/१ जनामा कोरोना भेटिएको छ।

यस्तै, त्रिवि शिक्षण अस्पतालमा काठमाडौं र उदयपुरमा १/१, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला क्षयरोग केन्द्र पोखरामा बागलुङका ६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

याे पनि पढ्नुस  थप १३ जनामा कोरोना पुष्टि

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका ७, लमजुङका ११ र गोरखाका ५, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा नलवपरासीका ३, पाल्पा र प्युठानका ४/४ जना, चौरजहारी नगरपालिका प्रयोगशालामा जाजरकोटका १ जनामा कोरोना भेटिएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा डडेल्धुराका ५ र जुम्लाका १, सेती प्रादेशिक अस्पताल धनगढीमा कैलालीका ८ जनामा कोरोना भेटिएको प्रवक्ता डा गौतमले बताए।

कमेन्ट गर्नुहोस्