काठमाडौं उपत्यकाका यी ११ स्थानमा थपिए आज कोरोना संक्रमित

काठमाडौं : सोमबार काठमाडौं उपत्यकामा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका २४ जना, ललितपुरका २० जना र भक्तपुरका १० जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौंका कपन, महाराजगञ्ज, चाबहिल, भक्तपुरको चाँगुनारायण, ललितपुरको महालक्ष्मीस्थान, सुनाकोठी, थैब, गोदावरी, हात्तीवन, चापागाउँ, हरिसिद्धिलगायतका स्थानमा कोरोना संक्रमित भेटिएका छन्।

याे पनि पढ्नुस  कोरोनाः औषधिजन्य सामाग्री ल्याउन वाइडबडी चीन जाँदै

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले अहिले कुन संक्रमित कहाँका हुन् र उनीहरूको यात्रा विवरण कस्तो छ भन्ने खोजी भइरहेको जानकारी दिए।

‘हामीले प्रयोगशालाका आएको ठेगानाका आधारमा संक्रमितसँग सम्पर्क गरिरहेका छौँ । कतिपय भरतपुरबाट आएका क्यान्सरका बिरामी पनि छन्। सबै सूचना संकलन भइरहेको छ,’ उनले भने ।

याे पनि पढ्नुस  काठमाडौंमा आज ६ जनामा कोरोना, ललितपुर र भक्तपुरमा पनि थपिए संक्रमित

हालसम्म उपत्यकाका काठमाडौंमा १६१ जना, ललितपुर र भक्तपुरमा ३९/३९ जना संक्रमित देखिएका छन् ।

गत २४ घण्टामा देशभर १ सय ८० जनामा कोरोना पोजिटिभ देखिएको छ । योसँगै कुल संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।

कमेन्ट गर्नुहोस्