काठमाडौं उपत्यकामा जोर विजोर नियममा थप कडाई

काठमाडौंः महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा लगाईँदै आएको जोर बिजोर प्रणालीलाई थप कडाई गरेको छ । जोर विजोर प्रणालीको पूर्णपालना नभएको भन्दै ट्राफिक प्रहरीले विशेष कडाई गरेको हो ।

महाशाखाले जोर विजोर प्रणालीको पूर्णपालना गराउन ५६ वटा चेकप्वाईन्टहरू राखि थप कडाई गरिरहेको जनाएको छ । सोमबार मात्रै जोर विजोर प्रणालीको उल्लङ्घन गरी सञ्चालन गरेका २३४५ वटा सवारी साधनलाई उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए ।

याे पनि पढ्नुस  ‘नागढुङ्गामा अब त्यस्तो जाम हुँदैन, ढुक्कले यात्रा गर्नुस्’

उनले दुई जना सवार २०८३ वटा मोटरसाईकललाई पनि नियन्त्रणमा लिई सम्झाईबुझाई गरी छाडिएको बताए । एसएसपी ढकालले विभिन्न बहानामा सवारी साधन चलाउनेहरुको संख्या बढेको कारण थप चेकजाँज गरी कडाई गरेको बताए ।

नेपाल सरकारबाट भएका निर्णयहरू पूर्ण रूपमा पालन गर्न, अनिवार्य मास्कको प्रयोग गर्न, भीडभाड नगर्न, अत्यावश्यक सेवा र कामबाहेक सवारी साधन नचलाउन र सर्वसाधारणलाई घरबाट ननिस्कन समेत महाशाखाले आग्रह गरेको छ ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ७४ पुग्यो, कहाँ छन् संक्रमित ?

काठमाडौं उपत्यकामा जेठ ३० गतेदेखि आजसम्म जोर–विजोर प्रणाली उल्लङ्घन गर्ने ४१,५०८ वटा सवारी साधनहरू नियन्त्रणमा लिइसकेको महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्