सीपीएलः १ करोड रुपैयाँमा बिके सन्दीप

काठमाडौंः नेपाली क्रिकेट टिमका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने आसन्न संस्करणको क्यारेबियन प्रिमियर लिग (सीपीएल) पनि खेल्ने भएका छन् । उनी यो पटक जमैका तलावाजबाट सीपीएल खेल्ने भएका हुन् ।

सन्दीपले आफ्नो न्यूनतम मूल्य ९० हजार डलर (१ करोड रुपैयाँ) मूल्य तोकेका थिए । सोमबार राति भएको २०२० को ड्राफ्टबाट सन्दीपलाई जमैकाले टिममा भित्र्याएको हो ।

याे पनि पढ्नुस  सीपीएल : सन्दीपको मूल्य १ करोड

सीपीएल अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रीनिडाड एन्ड टोबेगोमा बन्द रंगशालामा गर्ने प्रस्ताव गरिएको छ । यद्यपि यसका लागि सरकारको स्वीकृति आउन भने बाँकी रहेको छ । ड्राफ्टअघि केही टोलीले विदेशी खेलाडीलाई ड्राफ्टअघि नै अनुबन्ध गरिसकेका छन् ।

सिपिएलले पहिलो पटक ड्राफ्टअघि नै विदेशी खेलाडी अनुबन्ध गर्ने प्रावधान अगाडी सारेको हो । हरेक खेलाडीले अधिकतम ५ खेलाडी अनुबन्ध गर्न पाउने छन् ।

याे पनि पढ्नुस  अमेरिकाद्धारा सन्दीपलाई भिसा दिन अस्वीकार

सन्दीपले पहिलो पटक सीपीएल सेन्ट किट्स एण्ड नेभिस पेट्रीयट्सबाट खेलेका थिए । गत सिजनमा भने उनी बार्बाडोस ट्राइडेन्ट्समा अनुबन्ध भएका थिए । सन्दीप सम्मिलित बार्बाडोसले नै गत सिजनको उपाधि जितेको थियो ।

सन्दीप अनुबन्ध भएको जमैकामा आन्द्रे रसेल, कार्लोस ब्राथवेट, रोभवेन पावेल, तर्जबिज शम्सी, ग्लेन फिलिप, चाडविक वाल्टन, ओसेन थोमस, आशिफ अलि लगायत नाम चलेका खेलाडी छन् ।

याे पनि पढ्नुस  भोलिदेखि सीपीएल, कहिले छ सन्दीपको टिमको खेल?

कमेन्ट गर्नुहोस्