मन्त्रिपरिषद् बैठक बस्दै, के विषयमा हुँदैछ छलफल ?

काठमाडौंः मंगलबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ ।

बैठकमा नेपाल प्रहरीका नयाँ महानिरीक्षक (आइजिपी) छनोट गर्ने सम्भावना रहेकोे स्रोतले जनाएको छ । प्रहरी महानिरीक्षक (आइजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् ।

नयाँ महानिरीक्षककोे सूचीमा एआइजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल रहेका छन् ।

कमेन्ट गर्नुहोस्