कांग्रेस सरकारमा जान लागेको हो ? प्रवक्ता शर्माले दिए जवाफ

काठमाडौंः कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पार्टी तत्काल सरकारमा नजाने बताएका छन् । साथै उनले आफ्ना नेता तथा कार्यकर्तालाई पार्टी सरकारमा जान लाग्यो कि भन्ने भ्रम नराख्न आग्रह गरेको गरेका छन् ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र आन्तरिक विवाद देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले कांग्रेस नेताहरूसँग भेटघाट गरिरहेका छन् । यसले कतै कांग्रेस सरकारमा जान लागेको हो कि भन्ने आशंका जन्माएको छ ।

याे पनि पढ्नुस  प्रचण्डद्वारा अम्ब्रेला स्ट्रिट शुभारम्भ

‘अहिले उहाँहरूबाट कुनै गुलियो प्रस्तावहरू पनि आउन सक्दछन् । त्यसमा हामी लहसिने भन्ने कुरामा विल्कुलै छैनौं,’ उनले भने, ‘यो पाँच वर्षे अवधिभर कांग्रेस सरकारमा जाँदैन ।’

उनले कांग्रेसलाई प्रधानमन्त्री वा आकर्षक मन्त्रालयका प्रस्ताव आइरहेको भन्ने विषयलाई रमाइलोका रूपमा लिइरहेको बताए ।

कमेन्ट गर्नुहोस्