वन फँडानीबारे संसदीय टोलीद्वारा छानबिन शुरु

कञ्चनपुरः सङ्घीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वैज्ञानिक वन व्यवस्थापनको नाममा भएको वन फँडानीबारे छानबिन शुरु गरेको छ ।

वैज्ञानिक वन व्यवस्थापनबारे बुझ्न कञ्चनपुर पुगेको समितिका सदस्य शान्ता चौधरी, सत्यनारायण शर्मा खनाल र राजबहादुर बुढथापाको टोलीले सोमबारबाट छानबिनको काम शुरु गरेको हो ।

याे पनि पढ्नुस  बझाङमा वन फडानीः स्थलगत अनुगमन गरेर फर्कियो टोली

समितिले वैज्ञानिक वन व्यवस्थापन लागि सामुदायिक वन उपभोक्ता समितिले गरेका क्रियाकलापबारे सरोकारवालासँग छलफल गरेको छ । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमको व्यापक विरोध भएपछि यसको अवस्था बुझ्न कञ्चनपुर आएको समितिका सदस्य चौधरीले बताए ।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएका तराईका जिल्लामा रहेका सामुदायिक वनको अध्ययन तथा अनुगमन गरी प्रतिवेदन तयार गरिने उनले बताइन् । ‘तराईका सामुदायिक वनमा अनुगन गर्छौँ’, उनले भनिन्, ‘सबै वनको अनुगमन गरेपछि प्रतिवेदन तयार गरेर सरकारलाई बुझाउँछौँ ।’

याे पनि पढ्नुस  बझाङमा नक्कली पुर्जी दिएर काठ कटानी गरेको भन्दै अध्यक्ष र सचिवविरूद्ध उजुरी

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएका सामुदायिक वनका पदाधिकारीले आर्थिक अनियमितता गर्ने, बूढा रूख राख्ने र साना रूख काट्ने, रुख कटानमा जोड दिने तर वन संरक्षणमा जोड नदिनेलगायतका गुनासा उपभोक्ताको रहेको उनले बताइन् ।

‘वनका प्राविधिकहरुले समेत उपभोक्ताबाट भत्ता, खाना खर्च माग्ने गरेको गुनासो आएको छ’, नउले भनिन्, ‘यी कुरा यथार्थ हुन् या होइनन् भन्ने बुझ्नका लागि हाम्रो टोली यहाँ आएको हो ।’

कमेन्ट गर्नुहोस्