आज पनि ‘वान टु वान’ वार्ता गर्दै ओली–प्रचण्ड

काठमाडौंः नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार पनि ‘वान टु वान’ वार्ता गर्दैछन् ।

पार्टीमा देखिएको विवाद समाधनका लागि ‘वान टु वान’ वार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुनेछ । मंगलबार बिहान ११ बजेपछि वार्ता हुन सक्ने बताइएको छ । उनीहरूबीच सोमबार पनि ‘वान टु वान’ वार्ता भएको थियो ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली खतरामुक्त तर अझै एक साता अस्पतालमै रहने

गत मंगलबार स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र अध्यक्षबाट ओलीले राजीनमा दिनुपर्ने माग उठेपछि नेकपामा विवाद देखिएको छ । विवाद समाधानका लागि लगातार वार्ता भइरहेका छन् । तर, हालसम्म कुनै सहमति हुन सकेको छैन ।

सहमित खोज्ने भन्दै सोमबारका लागि बोलाइएको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ । बुधबारसम्ममा सहमति गर्ने गरि नेकपामा छलफल शुरू भएका छन् ।

पार्टी एकता भन्दा एमसिसी पारित गर्ने रणनीतिमा ओली

कमेन्ट गर्नुहोस्