माधवपछि झलनाथलाई भेटिन् यान्छीले, के भयो कुराकानी ?

काठमाडौंः नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेता झलनाथ खनालसँग भेट गरेकी छन् । मंगलबार बिहान खनाल निवास डल्लुमा उनीहरूबीच करिब ४५ मिनेट कुराकानी भएको हो ।

गत मंगलबार स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र नेकपा अध्यक्षबाट केपी ओलीले राजीनामा दिनुपर्ने माग उठेपछि नेकपामा विवाद देखिएको छ । विवाद समाधानका लागि लगातार वार्ता भइरहेका छन् । तर, हालसम्म कुनै सहमति हुन सकेको छैन ।

याे पनि पढ्नुस  मध्यरातमा ओली र नेपालको भेट, के भयो कुराकानी ?

पार्टी विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूत यान्छीले नेकपाका नेताहरूसँगको भेटघाटलाई तीव्र बनाएकी छन् । खनालसँग के विषयमा कुराकानी भयो भन्ने कुरा सार्वजनिक नभए पनि उनले नेकपाभित्रको शक्ति संघर्षमा चासो राखेको बुझिएको छ । यान्छीले एकताबद्ध भएर अघि बढ्न नेकपाका नेताहरूले सुझाव दिने गरेको बताइन्छ ।

याे पनि पढ्नुस  नेकपा अध्यक्षद्वयले जारी गरेको विज्ञप्तीको पूर्ण पाठ

खनालनिकट स्रोतले राजदूत यान्छीसँग दुई देशको आपसी हितका बारे कुराकानी भएको बताएको छ । यसअघि उनले नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि भेटवार्ता गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्