आरडीटी परीक्षण स्थगित गर्ने सरकारको निर्णय

काठमाडौंः सरकारले आरडिटी परीक्षण स्थगित गर्ने निर्णय गरेको छ ।

‘इनफ इज इनफ’ अभियानसँग स्वास्थ्य मन्त्रालयले मंगलबार १२ बुँदे सहमति गर्दै आरडिटी परीक्षण स्थगित गर्न निर्णय गरेको हो ।

एक महिना अघि कोरोना भाइरसको महामारीसँग जुध्न सरकारले पर्याप्त कदम नचालेको भन्दै बालुवाटारमा प्रदर्शन गर्दै ‘इनफ इज इनफ’ अभियान सुरू भएको थियो । सर्वसाधारण तथा विज्ञहरु लामो समयदेखि आरडिटी परीक्षण बन्द बन्द गर्नु पर्छ भन्ने आवाज उठाउँदै आएका थिए ।

याे पनि पढ्नुस  सनसिटीमा बस्ने २९६ जनाको आरडीटी परीक्षण, सबैको रिपोर्ट आयो

सम्झौताको बुँदा नम्बर ३ मा भनिएको छ, ‘कोभिड–१९ को पहिचानका लागि आरडीटी प्रयोग स्थगित गर्ने ।’

कमेन्ट गर्नुहोस्