आज २०४ जनामा कोरोना पुष्टि, एकैदिन ६८८ जना डिस्चार्ज

काठमाडौं : नेपालमा मंगलबार २ सय ४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

देशका विभिन्न २५ प्रयोगशालामा गरिएको परीक्षणमा आज थप २ सय ४ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै सङ्क्रमितको कुल संख्या १६ हजार १ सय ६८ पुगेको छ ।

याे पनि पढ्नुस  काठमाडौंमा कोरोना संक्रमितको संख्या १४ पुग्यो, कुन–कुन ठाउँका हुन् ?

त्यस्तै आज ६ सय ८८ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७ हजार ४ सय ९९ पुगेको छ ।

कमेन्ट गर्नुहोस्