काठमाडौं उपत्यकामा आज २८ जनामा कोरोना संक्रमण

काठमाडौं : काठमाडौं उपत्यकामा मंगलबार २८ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज उपत्यकामा २८ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा कोरोना पुष्टि भएको हो ।

याे पनि पढ्नुस  चीनमा नेपाली विद्यार्थी सुरक्षित, कोरोना भाइरसबारे ‘फेक न्युज’ले तनाब

नेपालमा आज २०४ जनाको पीसीआर पोजिटिभ

नेपालमा मंगलबार २ सय ४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशका विभिन्न २५ प्रयोगशालामा गरिएको परीक्षणमा आज थप २ सय ४ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै सङ्क्रमितको कुल संख्या १६ हजार १ सय ६८ पुगेको छ । त्यस्तै आज ६ सय ८८ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७ हजार ४ सय ९९ पुगेको छ ।

कमेन्ट गर्नुहोस्