नेपाल एअरलाइन्सका थप २ जना कर्मचारीमा कोरोना पुष्टि

काठमाडौं : नेपाल एअरलाइन्सका थप २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । एअरलाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार थप २ जना उडान कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।

सोमबार एअरलाइन्सकै ३ जना पाइलट र चार जना उडान कर्मचारीमा संक्रमण देखिएको थियो।

याे पनि पढ्नुस  नेपाल एअरलाइन्सका १९ वटा चार्टर्ड उडान, ‘आम्दानी कति भयो भन्न मिल्दैन

बाँकी ७ जनाको पुनः परीक्षण गरिएकोमा थप दुई जना कर्मचारीमा नतिजा पोजेटिभ आएको हो।

५ जनाको भने नेगेटिभ आएको छ। संक्रमित ९ जनालाई नै बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको छ।

काठमाडौं उपत्यकामा आज २८ जनामा कोरोना संक्रमण

कमेन्ट गर्नुहोस्