सरिता गिरी समाजवादी पार्टीबाट निष्काशित

काठमाडौं : जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सांसद र पार्टी दुवै पदबाट निस्कासन गरिएको छ ।

आज बसेको समाजवादी पार्टीको बैठकले सरिता गिरिलाई पार्टीको ह्वीप नमानेको भन्दै यस्तो कारबाही गरेको हो ।

लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा गिरीले पार्टी ह्वीप उल्लंघन गरेपछि समाजवादी पार्टीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । त्यही कार्यदलले गिरिलाई कारबाही गर्नका लागि पार्टीमा सिफारिस गरेको थियो ।

याे पनि पढ्नुस  छिमेकीसँग अनावश्यक पाखुरा सुर्केर निहूँ खोज्नु हुँदैनः डा. भट्टराई

समाजवादी पार्टीका विश्‍वदीप पाण्डेले संसद पदबाट र पार्टीको साधारण सदस्य पनि नरहने गरी निस्कासन गरिएको पुष्ट गरे।

कमेन्ट गर्नुहोस्