मंगलबार कुन जिल्लामा कति कोरोना संक्रमित थपिए? (सूचीसहित)

काठमाडौं : मंगलबार नेपालमा २ सय ४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पोजिटिभ देखिएको छ । योसँगै देशभर संक्रमितको कूल संख्या १६ हजार हजार १ सय ६८ पुगेको छ ।

सोमबार नेपालमा १ सय ८० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । मंगलबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका १ र सुनसरीका २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुस  गाउँपालिकाको सेवा हुनु त यस्तो पोः एसइईका परीक्षार्थीलाई घरघर पुर्‍याउन शुरु!

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ६, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ३, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ८ र महोत्तरीका ९ जनामा कोरोना भेटिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछाम र बैतडीका ११/११, डोटीका ७, गोरखा, काठमाडौं र सिन्धुलीका १/१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

याे पनि पढ्नुस  आज ५७ जनामा मात्र कोरोना संक्रमण पुष्टि

गत २४ घन्टामा गरिएका परीक्षणमध्ये किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौंडामा मकवानपुरका २, धुलिखेल अस्पतालमा बाजुराका ५४ र सिन्धुपाल्चोकका १ जनामा कोरोना भेटिएको छ।

यस्तै, पाटन अस्पताल ललितपुरमा धादिङका १, भक्तपुरका ४, गोरखाका २, कास्कीका १, काठमाडौंका १२, ललितपुरका १०, लमजुङ, नुवाकोट, पर्सा, रामेछाप, रुपन्देही र सप्तरीका १÷१, सर्लाहीका ३, सुनसरी, रुकुम पश्चिम र मकवानपुरका १/१ जनामा कोरोना पुष्टि भएको छ।

याे पनि पढ्नुस  कोरियामा कोरोना संक्रमितको संख्या ७६३ पुग्यो, ७ को मृत्यु

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौंका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा तनहुँका १, बागलुङका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका ८, कपिलवस्तुका १, नवलपरासीका ५ र पाल्पाका २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्