नेपाल प्रहरीको २८औँ प्रहरी महानिरीक्षकमा क्षत्री नियुक्त

काठमाडौं : सरकारले नेपाल प्रहरीको २८ औँ प्रहरी महानिरीक्षकमा एआईजी शैलेश थापा क्षत्री नियुक्त भएका छन् ।

महानिरीक्षकको लागि एआईजीद्धय थापा र हरिबहादुर पाल दौडमा भएपनि सरकारले थापालाई नै आईजीपी बनाएको हो । मंगलवार बसेको मन्त्रिपरिषद्को वैठकले उनलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो । उनको कार्यकाल २२ महिनाको हुनेछ ।

याे पनि पढ्नुस  ‘घुमुवा’ले बदनाम हुँदै नेपाल प्रहरी

प्रधानमन्त्री केपी शर्मा ओली वरियतामा एक नम्बरमा रहेका थापालाई नै प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेका हुन् ।

प्रधानमन्त्री ओलीले प्रहरीमा यसअघि वरियता मिच्ने काम भएको र त्यसले संगठनमा राजनीतिकरण भएको भन्दै अहिले वरियता र कार्यसम्पादनका आधारमा नै आईजीपी नियुक्त गरेका हुन् ।

कमेन्ट गर्नुहोस्