सरिता गिरीलाई पार्टीबाट निष्काशित गर्दा उपेन्द्र यादवको छोराले गरे विरोध

काठमाडौं : जनता समाजवादी पार्टीले सांसद सरिता गिरीलाई गरेको कारवाहीलाई उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले आपत्ति जनाएका छन् ।

राजपा नेपालसँग एकीकरण गरी जनता समाजवादी पार्टी नेपाल बनाएको समाजवादी पाटीका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा आज बसेको बैठकले सांसद गिरीलाई गरेको कारवाहीप्रति अमरेन्द्र यादवले आपत्ति जनाएका हुन् ।

याे पनि पढ्नुस  यी हुन् उपेन्द्र यादवले सरकार नछोड्नुका तीन कारण

उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव विराटनगरपालिकाका पार्टी अध्यक्ष पनि हुन् । राष्ट्रवादी बन्ने चक्करमा आफ्नो सांसद घटाउँदै र भूमिकाविहिन फेसबुकियाले ठाउँ पाउने संकेत गर्दै उनले कहिले रेशम चौधरी त कहिले हरिनारायण चौधरी त कहिले सरिता गिरीलाई कारवाही हुने गरेको तर जग्गा घोटलामा मुछिएका तथा ७० करोड घोटाला गरेका गोकुल बास्कोटाहरु कसरी राष्ट्रवादी भएको प्रश्न गर्दै उनले आफ्नै सांसद सरिता गिरीको फरकमत राख्ने अधिकारको जवाफको सट्टा नश्लीय राष्ट्रवादको अगाडि आत्मसर्पण जस्तै भएका टिप्पणी गरेका छन् ।

याे पनि पढ्नुस  सरिता गिरी समाजवादी पार्टीबाट निष्काशित

समाजवादी पार्टीको आज बसेको बैठकले उनलाई सांसद र पार्टीको साधारण सदस्यबाट निस्काशित गरेको छ ।

कमेन्ट गर्नुहोस्