को हुन् ८० हजार प्रहरीको कमाण्ड सम्हाल्ने नयाँ आईजी थापा?

काठमाडौं : सरकारले नेपाल प्रहरीको २८ औँ प्रहरी महानिरीक्षकमा एआईजी शैलेश थापा क्षत्री नियुक्त भएका छन् ।

महानिरीक्षकको लागि एआईजीद्धय थापा र हरिबहादुर पाल दौडमा भएपनि सरकारले थापालाई नै आईजीपी बनाएको हो । मंगलवार बसेको मन्त्रिपरिषद्को वैठकले उनलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो । उनको कार्यकाल २२ महिनाको हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली वरियतामा एक नम्बरमा रहेका थापालाई नै प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेका हुन् ।

को हुन् थापा ?

वि.स २०२५ मंसिर २३ मा भक्तपुरको कटुन्जेमा जन्मिएका थापा २०४९ वैशाख १९ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका थिए। संयुक्त राष्ट्रसंघको शान्ति सेनाका रुपमा बोस्निया हर्जगोभिया, पूर्वी तमोर र डार्फर सुडानमा पनि काम गरेको अनुभव थापासँग रहेको छ।

याे पनि पढ्नुस  नेपाल प्रहरीको २८औँ प्रहरी महानिरीक्षकमा क्षत्री नियुक्त

इन्स्पेक्टर हुँदा उनले सिन्धुपाल्चोक, सल्यान र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काम गरेका थिए। उनी डीएसपीदेखि एआइजीसम्म नै एक नम्बरमा रहँदै आएका छन्। उनी प्रहरी नायव उपरिक्षक (डिएसपी) मा बढुवा भएपछि धादिङ र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काम गरेका थिए। एसपी हुँदा उनी कास्की, झापा पुगेका थिए।

याे पनि पढ्नुस  नेपाल प्रहरीको २८औँ प्रहरी महानिरीक्षकमा क्षत्री नियुक्त

एसएसपी हुँदा महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए भने नेपाल प्रहरीको प्रवक्ताको रुपमा कार्यरत थिए। २०७६ फागुन १५ गते क्रमशः दोस्रो नम्बरमा एआइजी बढुवा भएका उनी प्रहरीको तालिम तथा नीति निर्माणको तहमा लामो समय काम गरेका अनुभवी प्रहरी अधिकारीको रुपमा थापा मानिन्छन्।

प्रहरी सेवाको लामो समय प्रहरी प्रधान कार्यालय र प्रहरी प्रशिक्षण प्रतिष्ठान(एकेडेमी) मा काम गरेका थापा नरम मिजासका प्रहरी अधिकारीका रूपमा हेरिन्छन्। नीतिगत निर्णय गर्न रुचाउने थापा शिष्ट, शालीन प्रहरी अधिकारीको पहिचान बनाएका व्यक्तित्व हुन्। एआइजी बढुवामा एक नम्बर रहेका थापासँग फिल्डमा कम काम गरेको, कमाण्ड कन्ट्रोलमा कमजोर क्षमता नभएको जस्ता आरोप भने उनले सामना गर्नुपरेको छ।

याे पनि पढ्नुस  नेपाल प्रहरीको २८औँ प्रहरी महानिरीक्षकमा क्षत्री नियुक्त

हाल मानव स्रोत एवं प्रशासन विभागको नेतृत्व सम्हालेका थापामाथि पछिल्लो समय प्रहरी बढुवामा न्याय गर्न नसकेको आरोप समेत लाग्ने गरेको छ। प्रहरीको पछिल्लो बढुवामा रोल क्रम मिचेर कनिष्ठ तथा विवादास्पद प्रहरी अधिकारीको बढुवा निस्कनेसँगै आइजिपी ज्ञवाली र थापामाथि संगठनमा न्याय गर्न नसकेको पनि केहीको आरोप छ।

कमेन्ट गर्नुहोस्