सवारी दुर्घटनामा नाचघरका २ कलाकारको मृत्यु

काठमाडौं : सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका कलाकार तथा कोरियोग्राफर गोरन चौधरीको मृत्यु भएको छ ।

सांस्कृतिक संस्थानका वरिष्ठ कार्यक्रम तथा योजना शाखा प्रमुख प्रभावकरदेव शर्माका अनुसार संस्थानमा कार्यरत चौधरीको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो ।

उनीसँगै सवारी दुर्घटनामा परेका संस्थानका अर्का कलाकार तिलक सुनुवारको यसअघि शनिवार नै निधन भईसकेको छ । गत शुक्रवार राती साढे १० बजे मोटरसाइकल चढेर बुढानिलकण्ठबाट चपलीस्थित निवास फर्कने क्रममा दुर्घटनामा परेका चौधरीको मंगलबार बिहान १० बजे उपचारका क्रममा महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा निधन भएको हो ।

याे पनि पढ्नुस  बस र ट्रक ठोक्किँदा १५ जना घाइते

उनले चलाएको मोटरसाइकल अचानक सडकमा पार्क गरिएको डोजरमा ठोक्किन गई दुर्घटना भएको थियो। उनको मोटरसाइकलमा पछाडि बस्ने अर्का कलाकार तथा रंगमञ्च व्यबस्थापक तिलक सुनुवारको भने उपचारकै क्रममा शनिवार बिहान शिक्षण अस्पतालमा निधन भएको थियो। चौधरी र सुनुवार दुबै सांस्कृति संस्थानमा जागिरे थिए।

याे पनि पढ्नुस  मोटरसाइकल र जिप आपसमा ठोक्किए, ३ जना गम्भीर घाइते

दाङका ३८ वर्षिय गोरन कुशल रंगकर्मी तथा उस्तै प्रतिभाशाली नृत्य कलाकार र कोरियोग्राफर थिए ।

कमेन्ट गर्नुहोस्