मास्क नलगाए १ सय रुपैयाँ जरिवाना

सिरहा : कोरोना भाइरस (कोभिड-१९) को संक्रमण तथा रोकथाम नियन्त्रणको लागि सरकारले अनिवार्यरूपमा मास्क प्रयोग गर्न अनुरोध गरेको छ । सो अनुरोध नमान्नेलाई प्रहरीले कारवाही गर्न थालेको छ।

बुधबार प्रहरीले सवारी साधन तथा पैदल हिँड्दा अनिवार्य रुपमा मास्क प्रयोग नगरेका ६४ जनालाई कारवाही गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी विनोद घिमिरेले जानकारी दिए ।

याे पनि पढ्नुस  नेपालमा कोरोनाको उच्च जोखिम, संक्रमित देशबाट निर्बाध नेपाल प्रवेश

उनका अनुसार जिल्लाको विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिई संक्रमण रोग ऐन २०२० अनुसार कारवाही लागि जिल्ला प्रशासन कार्यालय सिरहा पठाइएको थियो। नियन्त्रणमा लिएका सय रुपैयाँ जरिवाना तिरेर प्रशासन कार्यालय छुटेका छन् ।

कमेन्ट गर्नुहोस्