Breaking: डब्लुएचओले स्वीकार्याे ३२ देशका २३९ वैज्ञानिकको दावी– कोरोना भाइरस हावाबाट पनि सर्न सक्ने !

काठमाडौं । कोरोना भाइरसका बारेमा अहिलेसम्म ठोस तथ्यहरु पत्ता लाग्न सकेका छैनन । भाइरसको स्वरुप र प्रकृतिका बारेमा अध्ययन हुने क्रमसँगै विश्व स्वास्थ्य संगठनले यसको संक्रमण हावाबाट समेत हुन सक्ने तथ्य स्वीकार गरेको हो ।

यसअघि कतिपय अध्ययनले कोरोना भाइरस हावाबाट सर्न सक्ने बताएपनि डब्लु एचओले यो स्वीकार गरेका थिएन । तर मंगलबार भने संगठनले हावाबाट समेत कोरोना भाइरस सर्न सक्ने तथ्य पाइएको बताएको छ ।

यसअघि वैज्ञानिकहरुको एउटा समूहले संगठनलाई खुला पत्र लेख्दै कोरोना भाइरसका बारेमा डब्लुएचओले जारी गरेको दिशा निर्देशनमा परिवर्तन गर्न माग गरेको थियो ।

याे पनि पढ्नुस  गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयद्वारा पुष्टि

विश्व स्वास्थ्य संगठनले अहिलेसम्म कोरोना भाइरस नाक र मुखबाट निस्किने सूक्ष्म छिटा (ड्रपलेट)बाट मात्रै सर्ने भएकोले ३ मिटरको दूरी र मास्क लगाउनुपर्ने निर्देशन जारी गरेको थियो ।

हावाबाट समेत कोरोना संक्रमण हुने कुरा पुष्टि भएसँगै यसबाट जोगिन यसअघिका निर्देशन र उपायहरुमा उल्लेख्य परिवर्तन गर्नुपर्ने देखिएको छ ।

मंगलबारका दिन संगठनमा कोभिड १९ महामारीसँग जोडिएको प्राविधिक मुख्य नेतृत्वकर्ता डा. मारिया र केरखोबले एउटा पत्रकार सम्मेलनमा हावाका माध्यमबाट कोरोना भाइरस फैलिने आशंका रहेको बताएका थिए । अहिलेसम्म हावाबाट फैलिएको प्रमाण पाइएपनि ठोसरुपमा भने अझै भन्न नसकिने संगठनको धारणा छ ।

याे पनि पढ्नुस  रिपोर्ट नेगेटिभ आएको खबरपछि ढुक्क भएर घर फर्केका युवकमा देखियाे संक्रमण

“सार्वजनिक स्थानमा, खासगरेर भीडभाड हुने ठाउँ, कम हावा हुने या बन्द स्थानमा हावाका माध्यमबाट भाइरस फैलिन आशंकालाई अस्वीकार गर्न सकिन्न । यद्यपी यी प्रमाणलाई संकलन गरेर बुझ्नुपर्ने आवश्यकता रहेको छ । हमी यो काम निरन्तर जारी राख्ने छौ” संगठनले भनेको छ ।

यसअघि नाक र मुखबाट निस्किने सूक्ष्म छिंटाहरुबाट फैलिने भएकेले कम्तिमा ३.३ फिटको दूरी कायम राख्न संगठनले अपील गरेको थियो । विश्व स्वास्थय संगठनले यस सम्बन्धमा नयाँ जानकारी र अपील छिट्टै सार्वजनिक गर्ने बताएको छ ।

याे पनि पढ्नुस  ४ दिनको शिशुमा पनि कोरोना !

क्लिनिकल इन्फेक्सियस डिजिज जर्नलमा सोमबार प्रकाशित एउटा खुल पत्रमा ३२ देशका २३९ वैज्ञानिकहरुले कोरोना भाइरस तैरिने भाइरस हो र हावामा स्थिर हुनसक्ने बताएका थिए । यस्तो हावामा श्वास फेर्दा यसले मानिसहरुलाई संक्रमित गर्नसक्ने पत्रमा उल्लेख थियो ।

यो पत्रमा वैज्ञानिकहरुले नयाँ तथ्यमाथि विश्व स्वास्थ्य संगठनले ध्यान दिएर नयाँ निर्देशिका जारी गर्न समेत अपील गरिएको थियो ।

कमेन्ट गर्नुहोस्