नेपालमा घट्यो सामसङ मोबाइलको मूल्य, अब कति ?

काठमाडौंः नेपालमा सामसङ मोबाइलको मूल्य घटेको छ ।

चार वटा लोकप्रिय मोडलहरू ग्यालेक्सी नोट टेन लाइट, ग्यालेक्सी ए ७१, ग्यालेक्सी ए ५१ र ट्याब ए १०.१ को मूल्य घटेको कम्पनीले जनाएको छ ।

सामसङले ६७ हजार ५९९ रुपैयाँ पर्ने ग्यालेक्सी नोट टेन लाइटको मूल्य ८ हजार ६०० ले घटाएर ५८, ९९९ रुपैयाँमा झारेको छ । यस्तै कम्पनीले आफ्ना ए सिरिजका फोनहरु ए ७१ र ए ५१ मा क्रमशस् ३६ सय र १३ सय मूल्य घटाएको छ ।

यससँगै अब ग्यालेक्सी ए ७१ को मूल्य ४९ हजार ९९९ र ग्यालेक्सी ए ५१ को मूल्य ३९ हजार ९९९ रुपैयाँमा कायम भएको छ ।

यस्तै ट्याब ए १०.१ फोनमा पनि कम्पनीले दुई हजार रुपैयाँ घटाएर ३२ हजार २९९ मा बिक्री गर्ने बताएको छ ।

कमेन्ट गर्नुहोस्