फेरि स्थगित भयो नेकपा स्थायी कमिटी बैठक

काठमाडौंः नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।

बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो । स्थायी कमिटी बैठक असार २६ गते ११ बजे बस्ने गरी स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

याे पनि पढ्नुस  सचिवालय बैठकअघि ओली–प्रचण्ड भेट्दै

गतहप्ताको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र नेकपा अध्यक्षबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग उठेपछि नेकपामा विवाद छ । त्यसपछि स्थायी कमिटी बैठक बस्न सकेको छैन ।

विवाद समाधानका लागि नेताहरू लगातार छलफलमा जुटिरहेका भए पनि सहमति हुन सकेको छैन । पार्टीमा विवाद साम्य हुन नसकेपछि बैठक चौथो पटक स्थगित गरिएको छ ।

कमेन्ट गर्नुहोस्