नेकपा विवादः किन भएन समाधान ?

काठमाडौंः गतहप्ता मंगलबारको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र नेकपा अध्यक्षबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग उठ्यो ।

अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाललगायत अधिकांश स्थायी कमिटी सदस्यहरूले ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपामा विवाद मात्रै सिर्जना भएको छैन, त्यसयता स्थायी कमिटी बैठक नै बस्ने सकेको छैन ।

राजीनामा मागपछि प्रधानमन्त्री ओलीले एक्कासी संसद बैठक अधिवेशन गरे, मन्त्रीलाई बालुवाटार बोलाएर पार्टी विभाजन हुन सक्ने भन्दै आफ्नो पक्षमा उभिने वा प्रचण्ड–नेपाल समूहमा उभिने भन्दै कित्ताकाट गर्न निर्देशन दिए । लगातार राष्ट्रपति भण्डारीसँगको लगातार भेट्ले ओलीमाथि थप शंकाको वातावरण मात्रै बनेन, पार्टी विवाद उत्कर्षमा पुग्यो । पार्टी विभाजनको दिशामा पुग्यो ।

याे पनि पढ्नुस  फोटो फिचर: पोखरामा प्रचण्डको मर्निङ वाक

प्रधानमन्त्री ओलीले नै समर्थनमा सडकमा आन्दोलन गर्न निर्देशन दिए । नेता तथा कार्यकर्ता विभाजित भए, फलस्वरुप कैलालीको लम्कीमा त ओली–प्रचण्ड समूहबीच झडप नै भयो ।

विवाद समाधानका लागि ओली–प्रचण्डले लगातार छलफल गरिरहेक छन् । दोस्रो तथा तेस्रो तहका नेताहरू पनि पार्टीमा देखिएको विवाद अन्त्यका लागि लागिपरेका छन् । उनीहरूले ओली–प्रचण्डलाई जसरी पनि सहमति गरेरै अघि बढ्न र पार्टी एकता हुने कुनै कार्य नगर्न चेतावनी दिँदै आएका छन् ।

विवाद उत्पन्न भएदेखि नै नेकपाका छलफलले तीव्रता पाएको छ तर समस्या समाधान देखिने गरी भएको छैन । छलफल सकरात्मक भएको बताइए पनि कुनै ठोस सहमतिको विन्दु पहिचान हुन सकेको छैन ।

याे पनि पढ्नुस  ‘विगतमा ओलीले धोका दिए, यसपटक उधारो सहमति गर्दैनौं’

सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै ओलीको राजीनमा प्रचण्ड–माधव समूहले माग्दै आएका छन् । उनीहरूले ओलीले प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुपर्ने बताउँदै आएका छन् । तर, ओली भने दुबै पदबाट राजीनामा दिने पक्षमा छैनन्, जसका कारण सहमति हुन सकेको छैन ।

तर, ओलीले भने प्रचण्डसँग अहिलेलाई ४ मंसिरको सहमतिलाई थप व्याख्या गर्ने, महाधिवेशनमा अध्यक्ष बन्न दाहाललाई सघाउने र आफूपछि प्रधानमन्त्रीका लागि पनि सहयोग गर्न सकिने गरी २ अध्यक्षभित्रको अधिकार मिलाउने मिलाउन प्रस्ताव गरेका छन ।

सहमतिका लागि कमजोरी स्वीकार गर्ने, आफ्नो सचिवालय हेरफेर गर्ने, मन्त्रिमण्डल हेरफेर गर्ने र प्रदेश सरकारमा पनि मुख्यमन्त्रीदेखि मन्त्रीसम्म अदलबदल गर्न सकिने तर आफूले भने कुनै पनि हालतमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदवाट राजीनामा नदिने अडान ओलीले दोहोर्याउँदै आएका छन् ।

याे पनि पढ्नुस  ‘बेसारको मजाक नउडाऔं, पहिला त्यसको वास्तविकता बुझौं’

ओलीले आफ्नो अडान नछोड्दा नेकपा विवाद समाधान हुन सकेको छैन । तर, भनाभन र आरोप प्रत्यारोपबाट शुरू भएको छलफल सकारात्मक रुपमा अघि बढिरहेको नेकपा नेताहरूको दाबी छ ।

पार्टीमा टकराव चर्किँदै गएपछि पार्टी एकता भाँडिन नहुने र फुटको बाटोमा जान नहुने आवाज उठेपछि केही दिन यता प्रचण्ड र ओली ‘वान टु वान’ छलफल गरिरहेका छन् । उनीहरूको छलफलबाट केही दिनमै पार्टीमा जारी गतिरोध अन्त्य हुने विश्व नेकपाका नेताहरूको छ ।

नेकपा विवाद समाधानको बाटोमा जान्छ कि टकरावको ? यो हेर्न भने अझै केहीदिन कुर्नुपर्ने हुन्छ ।

कमेन्ट गर्नुहोस्