यान्छीको दौडधुपः भारतको आलोचना गर्दै योगेश भट्टराईले गरे चीनको तारिफ

काठमाडौंः नेकपाका विवाद चर्कँदै जाँदा चिनियाँ राजदूत होउ यान्छीले शिर्ष नेतासँगकाे भेटघाटलाई तीव्र बनाएपछि त्यस विषयमा नेपाली राजनीतिका विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।

यान्छीले नेकपा नेता माधव कुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरूलाई एकपछि अर्को गर्दै भेटेपछि सामाजिक सञ्जालमा आलोचनासँगै बहस पनि भइरहेको छ  । कतिपयले त्यसलाई सत्ता जोगाउने र ढलाउने खेलका रुपमा व्याख्या गरिरहेका छन् कतिययले नेपाली राजनीतिमा विदेशी हस्पक्षेत ।

याे पनि पढ्नुस  मन्त्री भट्टराईले आफू भन्दा पहिला सिटौलालाई स्वागत गर्न भनेपछि...

तर, पर्यटनमन्त्री योगेश भट्टराईले यान्छीको नेकपाका नेताहरूसँगको भेटघाटलाई सामान्य रुपमा लिनुपर्ने आशय व्यक्त गरेका छन् ।

यो पनि पढ्नुस्ः चिनियाँ राजदुतको दौडधुपः राजनीतिमा हस्तक्षेप वा कुर्सी ढलाउन र बचाउन ?

उनले कुनै पनि विदेशी राजनीतिक तथा कुटनीतिक गतिविधिलाई सकरात्मक रुपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन् । साथै उनले भारतको साङ्केतिक रुपमा आलोचना गरेका छन् भने चीनको तारिफ ।

याे पनि पढ्नुस  पर्यटनमन्त्री भट्टराई भन्छन्, ‘काम गर्न असफल भएको महशुस हुनासाथ पद त्याग्छु’

भारतले संविधान निर्माण गर्दा असफल पार्न खोजेको, संविधान निर्माणपछि नाकाबन्दी लगाएकोलगायतका आरोप लगाएका छन् । चीनले भने उक्त समयमा सद्भाव कायम गरेको भन्दै भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

१. संबिधान बनाउने बेलामा असफल पार्न खोज्नु ठिक वा संबिधान निर्माणप्रति सद्भभाब राख्नु ठिक ? २. पहिलो र दोश्रो…

Posted by Yogesh Bhattarai on Tuesday, July 7, 2020

कमेन्ट गर्नुहोस्