कमेडी च्याम्पियनको दोस्रो संस्करण आउने

काठमाडौंः दर्शकले सर्वाधिक रुचाएको कार्यक्रम ‘कमेडी च्याम्पियन’ को दोस्रो संस्करण आउने भएको छ ।

रियालिटी सोका निर्देशक विशाल भण्डारी तथा निर्मात्राद्वय केकी अधिकारी र रीमा विश्वकर्मा र कान्तिपुर टेलिभिजनका स्टेसन म्यानेजर दिनेश डिसीले ५ वर्षका लागि कार्यक्रम निर्माण र प्रसारणको सम्झौतापत्रमा हस्ताक्षर गरेपछि कार्यक्रमको अन्य श्रृङ्खला क्रमश प्रशारण हुने भएको हो ।

याे पनि पढ्नुस  ‘कमेडी च्याम्पियन’ ग्रान्ड फिनालेः कहाँ हुँदैछ ? कति छ टिकट ?

थ्री प्रोडक्सन र कान्तिपुरको सहकार्य ‘कमेडी च्याम्पियन’को छैटौं सिजनसम्मको लागि भएको डिसीले बताए । पहिलो सिजनमा ‘कमेडी च्याम्पियन’ले कान्तिपुरको समय किनेर कार्यक्रम प्रसारण गर्दै आएको थियो । अब यसको निर्माण पनि कान्तिपुर टिभीकै सहकार्यमा हुनेछ ।

‘पहिलो सिजन हामीले धेरै आरोह–अवरोहबीच निर्माण गर्यौं । आउट सोर्सिङ कार्यक्रम गर्दा समस्या पनि परेको थियो अब दुई कम्पनी मिलेर अझै बृहत कार्यक्रम बनाउने तयारी छ,’ निर्देशक भण्डारीले भने ।

याे पनि पढ्नुस  त्रिकोणात्मक सिरिजः कान्तिपुर टेलिभिजनले लाइभ गर्ने

कोभिड–१९को प्रभाव हेरेर सकेसम्म चाँडो कार्यक्रम प्रसारण गरिने डिसीको भनाई छ । कोभिडले दर्शकमा परेको मानसिक तनावलाई कार्यक्रमले केही हदसम्म कम गर्ने निर्माताहरु केकी र रीमाले विश्वास लिएको बताए ।

‘सर्वसाधारणको मुहारमा हाँसो दिनु हाम्रो प्रमुख उदेश्य नै भयो । कोभिडले निम्त्याएको मानसिक तनाव र चिन्तालाई हटाउन कार्यक्रमले भूमिका अवश्य खेल्नेछ,’ केकीले भनिन् ।

याे पनि पढ्नुस  कमेडी च्याम्पियनः बाहिरिए सुमन, को–को पुगे टप ४ मा?

कमेन्ट गर्नुहोस्