आज कुन-कुन जिल्लामा थपिए कोरोना संक्रमित? (विवरणसहित)

काठमाडौं : गत २४ घण्टामा नेपालमा २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

आज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका ५ र तेहथुमका १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

कोशी अञ्चल अस्पताल विराटनगरमा झापाका १, सुनसरी र इलामका २/२, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका १ र मोरङका ३, गजेन्द्र नारायण सिंह अस्पतालमा सिरहाका २ र सप्तरीका ४ जनामा कोरोना भेटिएको छ।

याे पनि पढ्नुस  गड्डाचौकी, ब्रह्मदेब र झोलुङ्गे पुलमा कोरोना जाँचका लागि भीमदत्त नगरपालिकाको हेल्प डेस्क

नारायणी अस्पताल वीरगञ्जमा बाराका १, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका १७, बैतडीका २, बझाङका ४, दार्चुलाका १, डोटीका ८, गोरखाका २, कैलालीका १९, कञ्चनपुरका ७, काठमाडौंका ६ र सर्लाहीका २ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा भरतपुर अस्पताल चितवनमा चितवनका ५ जनामा कोरोना भेटिएको छ।

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा नवलपरासी पूर्वका २ र रौतहटका ३२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। यस्तै, पाटन अस्पताल ललितपुरमा दाङ, धादिङ, दोलखा, झापा, कास्कीका १/१, काठमाडौंका १०, काभ्रेका १, ललितपुरका ७, लमजुङ, नवलपरासी पूर्व र पर्साका १/१, रामेछापका २, रौतहट, सर्लाही, सिन्धुपाल्चोक र सुनसरीका १/१ जनामा कोरोना पुष्टि भएको छ।

याे पनि पढ्नुस  थप ४ जनामा देखियो कोरोना

मन्त्रालयका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काभ्रे र मोरङका १÷१, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा म्याग्दीका १, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका १३, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका ३, पाल्पाका ५ र प्यूठानका १ जनामा कोरोना भेटिएको छ।

भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा बाँकेका २, दाङका ४, कालीकोटका १ र रुकुम पश्चिमका ३, आरटी पिसिआर दैलेख प्रयोगशालामा सुर्खेतका १, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिममा रुकुम पश्चिमका ४ र जाजरकोटका १ जनामा कोरोना भेटिएको छ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली राष्ट्रको नाममा सम्बोधन गर्दै (LIVE)

सुर्खेत प्रादेशिक अस्पतालमा दैलेख र मुगुका २/२, सुर्खेतका १३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा दैलेखका ३, डडेल्धुरा अस्पतालका डडेल्धुराका २, सेती प्रादेशिक अस्पताल धनगढीमा अछामका ५, डोटीका ४, कञ्चनपुरका ५ र कैलालीका १७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्