विद्यालय भवन बनेको ३ वर्ष बित्यो, तर कामदारले भने पाएनन् ज्याला

सुनिल मण्डेल, बझाङ : जिल्लाको केदारस्युँ गाउँपालिका-७ कोटेली गाउँस्थित कैलाश भवानी माध्यमिक विद्यालयको भवन निर्माण भएको ३ वर्ष बितिसक्दा पनि कामदारले आफ्नो ज्याला नपाएको गुनासो गरेका छन् ।

विद्यालयको काम गर्दा साना बालबालिका, गोठमा गाईभैंसी छोडेर काम गरेको तर भवन निर्माण भएको ३ वर्ष बितिसक्दा पनि ज्याला नपाएको स्थानीय पुतली धामीले दुःखेसो पोखिन् ।

याे पनि पढ्नुस  बझाङमा एकाबिहानै ३.८ म्याग्निच्युडको भूकम्प

झण्डै ३६ लाखमा निर्माण भएको विद्यालयको भवनमा कामदारले पाउनु पर्ने ज्याला रकम १८ लाख रहेको भएपनि अहिलेसम्म रकम नपाएको अर्का स्थानीय मकर धामीले बताए ।

तर, केदारस्युँ गाउँपालिका-७ का वडाध्यक्ष प्रेमबहादुर धामीले भने स्थानीय बासिन्दाबाट भवनको स्ट्मेटअनुसार काम नभएको भन्दै भवन पास नभएर अहिलेसम्म अन्तिम किस्ता रकम भुक्तानी हुन नसकेको बताए ।

याे पनि पढ्नुस  बझाङको केदारस्युँ गाउँपालिकामा पुनः लकडाउन

यद्यपि अब चाँडै स्थानीय बासिन्दालाई पुनः भवन सुधारमा लगाउने र सक्दोछिटो कामदारहरूको रोकिएको ज्याला उपलब्ध गराइने वडाध्यक्ष धामीले बताए ।

कमेन्ट गर्नुहोस्