किशोरीमाथि सामूहिक बलात्कार, गर्भवती भएपछि बाहिर आयो घटना

विराटनगर : मोरङमा सामूहिक बलात्कारमा संलग्नको आरोपमा २ जना पक्राउ परेका छन् ।

४ महिनाअघि १७ वर्षकी किशोरीमाथि भएको सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा उर्लाबारी नगरपालिका-५ का ३० वर्षका प्रदीप खतिवडा र २१ वर्षका भेषराज आचार्य पक्राउ परेका हुन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको हो ।

याे पनि पढ्नुस  मोबाइल चार्ज गर्ने बहानामा युवतीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

प्रहरीका अनुसार २७ फगुनमा दिउँसो करिब ३ बजे किशोरी घरमा एक्लै भएको अवस्थामा छिमेकी २ युवकले बलात्कार गरेका थिए ।

किशोरी गर्भवती भएपछि घटना बाहिर आएको मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

किशोरीलाई घटना कसैलाई सुनाए मार्ने धम्की दिएका कारण करिब ४ महिना घटना बाहिर आएको थिएन । तर, किशारी गर्भवती रहेको खुलेपछि आफन्त सोमबार इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी दिन गएका थिए ।

याे पनि पढ्नुस  कोरोना प्रभावः ७० लाख महिला नचाहेरै गर्भवती !

४ महिनापछि जाहेरी आएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीले सोही दिन २ युवकलाई पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्