आइजिपी ज्ञवालीलगायत प्रहरीका अधिकृतलाई बिदाइ

काठमाडौं : ३० वर्ष सेवा अवधि पूरा गरी सेवानिवृत्त हुन लागेका प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवाली लगायतका नेपाल प्रहरीका अधिकृतलाई बिदाइ गरिएको छ ।

बुधबार एक समारोह आयोजना गरी उनीहरुलाई बिदाइ गरिएको हो । आइजिपी ठाकुरका साथै प्रहरी अतिरिक्त महानिरीक्षक तारिणी प्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक सूर्य प्रसाद उपाध्यायलाई प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा बिदाइ गरिएको हो।

याे पनि पढ्नुस  को हुन् नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवाली?

नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले फूलमाला लगाई हार्दिक बिदाइ गरेका हुन्।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक विश्राम लिई निवृत्त हुनलाग्दा आफूलाई हार्दिकतापूर्वक सम्मान दिएकोमा नेपाल प्रहरी र नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीप्रति हार्दिक आभार प्रकट गरेका थिए।

याे पनि पढ्नुस  सशस्त्र प्रहरी बलका शान्ति मिसन टोली बिदाइ

प्रहरी महानिरीक्षक ज्ञवालीले आफ्नो कार्यकालमा संगठनमा सामूहिक निर्णय प्रक्रियालाई संस्थागत गर्ने, कर्मचारीको कार्यक्षमता तथा कार्यकौशल अनुरुपको मूल्याङकन पद्धति संस्थागत गर्ने, सेवा प्रवाहमा गुणस्तरीयता ल्याउने र संगठनका हरेक सदस्यहरुको संगठनप्रतिको अपनत्व र भातृत्वभाव बढाउन जोड दिएको बताए ।

कमेन्ट गर्नुहोस्