डब्लूएचओमा जागिर लगाइदिने लोभ देखाएर लाखौं ठगी

काठमाडौं : विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) मा जागिर लगाइदिने लोभ देखाएर एक व्यक्तिले लाखौँ ठगी गरेको खुलेको छ ।

नवलपुरको देउचुलीस्थित प्रगतिनगरका विजय पाण्डेले आफू विश्व स्वास्थ्य सङ्गठनको कर्मचारी हुँ भन्दै जागिर लगाइदिने बहानामा रकम ठगेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

डब्लूएचओमा जागिर खुलेको भन्दै चितवन भरतपुरकी अस्मिता अधिकारीलाई सम्पर्क गरी अफर लेटर, रिलाइबल नेपाल लाइफ इन्सुरेन्स कम्पनीका कागजातसमेत बनाई विश्वासमा पारी गत वैशाखमा आईएमईमार्फत १ लाख ८२ हजार लिएर फरार भएका थिए ।

याे पनि पढ्नुस  मकाउ पठाईदिन्छु भन्दै १९ लाख ठगी !

उजुरीका आधारमा खोजी अभियानका क्रममा महाशाखाको टोलीले उनलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो ।

उनलाई मङ्गलबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरी ठगी कसूरमा अनुसन्धान तथा कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर, टेकुमा बुझाइएको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

याे पनि पढ्नुस  पैसा धेरै भएको भन्दै ठगी गर्ने नक्कली सई प्रहरी फन्दामा !

अनुसन्धानका क्रममा उनले अन्य व्यक्तिलाई समेत ठगी गरेको खुल्न आएको छ । काठमाडौंका फर्निचर व्यवसायी धनबहादुर विष्टबाट १८ लाखको फर्निचर किन्छु भनी ५० हजार ठगी गरेको, चितवन भरतपुरका निशानबाबु घिमिरेलाई विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयमा जागिर लगाइदिने भनी ३ लाख ५० हजार ठगी गरेको पाइएको छ ।

याे पनि पढ्नुस  ‘ब्रिटिस आर्मी हुँ’ भन्दै ठगी गर्ने युवक पक्राउ

यस्तै, अछामकी रञ्जु बुढालाई १ वर्षसम्म नक्कली कार्यालयमा काम लगाइ तलब नदिई ठगी गरेको र नवलपरासी बस्ने दीपक खनाल, धनबहादुर क्षेत्री, मनाङका कासी गुरुङ तथा ठेगाना नखुलेका सरिता भण्डारी, रमा घिमिरेसमेतलाई जागिर लगाउने लोभ देखाएर ठगी गरेको खुल्न आएको छ ।

कमेन्ट गर्नुहोस्