सुशान्तपछि अर्का अभिनेता मृत भेटिए, हत्या कि आत्महत्या ?

काठमाडौंः भारतीय अभिनेता सुशील गौडा मृत भेटिएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार गौडाको शव बुधवार मण्ड्या जिल्लाको आफ्नै घरमा भेटिएको छ ।

पुलिस स्रोतका अनुसार उनको मृत्युको कारण अझै स्पष्ट हुन सकेको छैन । पुलिसले यस विषयमा अनुसन्धान शुरू गरेको छ । उनको हत्या कि आत्महत्या भन्ने विषयमा अनुसनधान शुरू भएको हो ।

याे पनि पढ्नुस  फेरि छोरी जन्मिदा आमाले एक दिनकी शिशुको छातीमा हँसिया घोपेर गरिन् हत्या

३० वर्षका गौडाले एक टेलिभिजन सिरियलमा काम गरेका थिए र उनको एक चलचित्र प्रदर्शन हुन बाँकी छ र सालागा नामको सो चलचित्रमा दुनिया विजय नायक छन् भने गौडाले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

सोशल मिडियामा शोक व्यक्त गर्दै विजयले लेखेका थिए, ‘जब उसलाई भेट्ने बित्तिकै मलाई लाग्थ्यो कि उनी एक दिन एक ठूलो अभिनेता बन्नेछन् ।’

याे पनि पढ्नुस  आँधीका कारण २१ को मृत्यु

यस बाहेक अर्का अभिनेता धनंजयले पनि ट्वीट गरेर दुख व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘सुशील मलाई थाहा छैन तपाईं कस्तो परिस्थितिबाट गुज्रिरहनु भएको थियो तर तपाईको सुन्दर भविष्य थियो । तपाईले आफ्नो राम्रो दिन पर्खनु पर्ने थियो । तपाईंको आत्मा शान्तिमा पाओस् ।’

गौडा अभिनेताका साथै जिम ट्रेनर पनि थिए । यसअघि भारतीय अभिनेता सुशान्त सिंह पनि मृत भेटिएका थिए । उनले आत्महत्या गरेको बताइँदै आएको छ ।

याे पनि पढ्नुस  ढुंगाले हानेर युवकको हत्या

वर्ष २०२० भारतीय सिने उद्योगका लागि दुःखद् रह्यो । इरफान खान, ऋषि कपूर, सुशान्त राजपूतलगायतका सेलिब्रेटीहरुको मृत्यु भयो । ऋषि र इरफानले क्यान्सरसँग जुध्दाजुध्दै मृत्युवरण गरे भने सुशान्तले डिप्रेसनको शिकार भएपछि आत्महत्या रोजेका थिए ।

कमेन्ट गर्नुहोस्