सिन्धुपाल्चोक पहिरोः राजमार्ग अवरुद्द हुँदा उद्धारमा समस्या, हेलिकप्टर पनि जान सकेन

मेलम्चीः अविरल वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई जनाको मृत्यु भएको छ भने १८ बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा जम्बु निवासी २० वर्षका निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी रहेकी छन् । बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले दिएको जानकारीअनुसार खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुल बगाउनुका साथै ठाउँठाउँमा सडक बगाएकाले आवतजावत गर्न कठिनाइ भएको छ । घाइतेलाई बोकेरै अस्पताल लगिँदैछ ।

याे पनि पढ्नुस  सिन्धुपाल्चोक पहिरो : ११ जनाको शव फेला, २७ अझै बेपत्ता

भोटेकोशी नदीले बाह्रबिसे–तातोपानीको सडकखण्डको अरनिको राजमार्गका विभिन्न ठाउँ कटान गरेकाले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा पुग्न घुमाउरो बाटो भएर जानुपरेकाले विस्तृत विवरण आउँन बाँकी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले बताए ।

हेलिकप्टर फिर्ता

बाढी पीडित र घाइतेको उद्दारका लागि सिन्धुपाल्चोक आउँदै गरेका सभामुख अग्निप्रसाद सापकोटा धुलिखेलको आकाशबाटै फर्किएका छन् ।

याे पनि पढ्नुस  सिन्धुपाल्चोक पहिरो: बेपत्ता ३८ मध्ये ४ जनाको शव फेला, ५ जनाको उद्वार

मौसम प्रतिकुलताका कारण सभामुख सवार हेलिकप्टर धुलिखेलबाट फर्कनुपरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए । सडक सम्पर्क टुटेपछि सभामुख सापकोटासहितको टोली हेलिकप्टरमा घटनास्थल आउँदै थियो ।

उद्धारमा समस्या

बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाँउमा क्षति पुगेको छ । उद्धारका लागि निस्किएको नेपाली सेना प्रहरी पनि जम्बुसम्म पनि पुग्न नसक्ने अवस्था भएकाले स्थानीयवासीले समयमा साथ पाउन नसकिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

याे पनि पढ्नुस  सिन्धुपाल्चोक पहिरो: बेपत्ता ३८ मध्ये ४ जनाको शव फेला, ५ जनाको उद्वार

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बु बजार बाढीले अरनिको राजमार्ग अवरुद्द भएपछि उद्धारमा समस्या भएको छ । सडक पुरै बगाएर लगेको छ । गएराति आएको बाढीले सडक सञ्जाल टुटेपछि उद्धारमा समस्या परेको हो ।

सम्बन्धित समाचारः

सिन्धुपाल्चोकमा बाढीको बितण्डाः अहिलेसम्म के–कति भयो क्षति ?

कमेन्ट गर्नुहोस्