नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिन्ह प्रदान

गृहसचिव महेश्वर न्यौपानेबाट नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बिहीबार नियुक्ति–पत्र प्रदान ।

काठमाडौंः नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक शैलेश थापाक्षेत्रीलाई गृह मन्त्रालयमा बिहीबार बिहान आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

गृहसचिव महेश्वर न्यौपानेले महानिरीक्षक थापाक्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरे । थापा क्षेत्रीलाई नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले यही २३ गते प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीमाथि ‘सुरक्षा थ्रेट’ बढ्याे, कहाँबाट ?

सो अवसरमा गृहसचिव न्यौपानेले प्रहरी नेतृत्वलाई व्यवसायिक र पेशाप्रति इमान्दार बन्न निर्देशन दिँदै भ्रष्टाचारमा शून्य सहनशीलता र कानुन कार्यान्वयनमा कडा बन्न नेतृत्व सक्षम हुनुपर्ने बताए । प्रहरी प्रमुख छनोटमा हुने घृणित परम्परा हटेको चर्चा गर्दै उनले नवनियुक्त महानिरीक्षक थापा क्षेत्री र अर्का दावेदार प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालबीचको भद्रसहमति प्रसंशनीय रहेको बताए ।

याे पनि पढ्नुस  के भोलि सार्वजनिक विदा हो ? यस्तो भन्छ गृह मन्त्रालय

‘अबको नेतृत्वले उहाँहरूबाट सिक्नुपर्छ’, उनले भने, ‘विगतमा जे जस्ता गतिविधि भए–भए । त्यसको जिम्मेवार प्रहरी सङ्गठनभित्रका सदस्यहरू बन्नुपर्छ । अपारदर्शी र गैरजिम्मेवार कार्य सम्पादन मूल्याङकनका कारण पनि यस्तो समस्या सिर्जना भएको देखिन्छ ।’

महानिरीक्षक थापा क्षेत्रीले आफ्नो बोली व्यवहार नम्र र भद्र भए पनि यसको फाइदा उठाउने कार्य कहीँकतैबाट हुन नदिने प्रतिबद्धता व्यक्त गरे । ‘कानुनी कारबाहीका सवालमा म कसैसँग झुक्नेछैन’, उनले भने ।

याे पनि पढ्नुस  गृह मन्त्रालयद्वारा ६ जिल्लामा ६ सय कर्मचारी माग, दैनिक तलब १२०० !

उनले देश र नागरिकको सुरक्षा र प्रहरी सङ्गठनको हितका लागि सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, एआइजीहरू, सातवटै प्रदेशका प्रदेश प्रहरी प्रमुखहरू सहभागी थिए ।

कमेन्ट गर्नुहोस्