उद्धारका लागि बाह्रबिसे पुग्यो हेलिकप्टर

मेलम्चीः सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकप्टरसहितको टोली घटनास्थल पुगेको छ ।

मौसम प्रतिकूलताले काभ्रेपलाञ्चोकको मङ्गलटारमा अवतरण भएको कैलाश एयरको हेलिकप्टर सिन्धुपाल्चोकको बाह्रबिसेकाे जम्बु पुगेको हो । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले हेलिकप्टर घटनास्थलमा पुगिसकेको र अब घाइतेको उद्धार थालिने जानकारी दिए ।

याे पनि पढ्नुस  कांग्रेस महामन्त्री शशांक सवार हेलिकप्टर बादलमा फसेपछि...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य माधव सापकोटासहितको टोली हेलिकप्टर लिएर बाह्रबिसे पुगेको हो । उक्त हेलिकप्टरबाट दुई गम्भीर घाइतेलाई काठमाडौं लगिने छ ।

सभामुख अग्निप्रसाद सापकोटासहित गएको हेलिकप्टर भने खराब मौसमका कारण धुलिखेलको आकाशबाट फर्किएको थियो ।

सिन्धुपाल्चोक पहिरोः राजमार्ग अवरुद्द हुँदा उद्धारमा समस्या, हेलिकप्टर पनि जान सकेन

कमेन्ट गर्नुहोस्