थप २० जनामा देखियो कोरोना

कठमाडौंः गण्डकी प्रदेशमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सात जिल्लाका २० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, जनस्वास्थ्य प्रयोगशाला, हेटौडा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको हो ।

याे पनि पढ्नुस  कोरोना कहरः कहाँ कतिको मृत्यु ? (सूचीसहित)

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११४९ पुगेको छ भने ३८६ निको भएका छन् ।

कमेन्ट गर्नुहोस्