भारतीय मिडियालाई नारायणकाजीको चेतावनीः अनर्गल प्रचारले सीमा नाघ्यो, बकवास बन्द गर

काठमाडौंः नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय मिडियाको अनर्गल प्रचारले सीमा नाघेको बताएका छन् । साथै उनले बकवास बन्द गर्न भारतीय मिडियालाई चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै उनले भनेका छन्, ‘भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमकाबारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो । हद भयो । बकवास बन्द गर ।’

याे पनि पढ्नुस  धनगढी विमानस्थलमा भीम रावलको अपमान !

उनले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति आफूहरू एक ढिक्का रहेको भन्दै विदेशीको फुटाउ र स्वार्थ पुरा गर भन्ने नीति सफल हुन नदिने बताएका छन् ।

नेपालले लिपुलेक, लिम्पियाधुरा क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेपछि पछिल्लो समय भारतीय मिडियामा प्रधानमन्त्री केपी ओली र नेपालमा चिनियाँ प्रभाव भन्दै अतिरन्जित सामग्रीहरू प्रकाशन प्रसारण भइरहेका छन् ।

याे पनि पढ्नुस  मनिषामाथि भारतीय मिडियाले गरेको व्यवहारको रक्तिमद्धारा भर्त्सना र विरोध

टाइम्स अफ इन्डियाले प्रधानमन्त्रीको आपत्तीजनक स्केच बनाएर समाचार छापेको छ भने जी न्युजको बिहार झारखण्ड टेलिभिजनले प्रधानमन्त्री ओलीलाई चिनियाँ राजदूत होउ यान्छीले हनी ट्रयापमा पारेको भिडिओ सामग्री प्रसारण गरेको छ ।

कमेन्ट गर्नुहोस्