सभामुख सापकोटा सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा (तस्बिरसहित)

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटा सहितको टोली सिन्धुपाल्चोकमा बाढीले पुर्‍याएको क्षतिको अवलोकन एवं जानकारी लिन घटनास्थल पुगेको छ ।

बिहान खराब मौसमका कारण काभ्रेपलाञ्चोकको धुलिखेलबाटै काठमाडौं फर्किएको टोली अहिले भने नेपाली सेनाको हेलिकोप्टरबाट घटनास्थल पुगेको हो ।

सभामुख सापकोटाको बुधबार मात्रै आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो ।

याे पनि पढ्नुस  सिन्धुपाल्चोकको बाढीपहिरो प्रभावित क्षेत्रमा सभामुख सापकोटाको चासो

अविरल वर्षासँगै गएको पहिरो तथा बाढीबाट बाह्रबिसे नगरपालिकाको जम्बुमा २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् ।

 

कमेन्ट गर्नुहोस्