काठमाडौंमा आज ५ जनामा कोरोना संक्रमण

काठमाडौं : काठमाडौंमा आज ५ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । आज विभिन्न ३ अस्पतालमा रहेका प्रयोगशलामा परीक्षण गर्दा काठमाडौंमा आज ५ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

काठमाडौंमा बुधबारको तुलानामा आज संक्रमितको संख्या कम हो । उपत्यकाका भक्तपुर र ललितपुरमा भने बिहीबार संक्रमित थपिएका छैनन् ।

याे पनि पढ्नुस  कोरोना भाइरसबाट सतर्कता अपनाउन प्रधानमन्त्री ओलीले दिए निर्देशन

आज १०८ जनाको पीसीआर पोजिटिभ

नेपालमा बिहीबार १ सय ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

देशका विभिन्न २५ प्रयोगशालामा गरिएको परीक्षणमा आज थप १ सय ८ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै सङ्क्रमितको कुल संख्या १६ हजार ४ सय २३ पुगेको छ । त्यस्तै आज १ सय ३९ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

याे पनि पढ्नुस  नेपालमा कोरोनाबाट पहिलो पटक विदेशी नागरिकको निधन

योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७ हजार ८ सय ९१ पुगेको छ ।

कमेन्ट गर्नुहोस्