नेपालमा यी ५ जिल्लामा छैनन् कोरोना संक्रमित

काठमाडौं : नेपालमा अहिलेसम्म ७७ मध्ये ५ जिल्ला कोरोना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा ५ जिल्ला कोरोना संक्रमण मुक्त भएका छन् ।

कोरोना संक्रमण मुक्त हुनेमा सोलुखम्बु, धनकुटा, मुस्ताङ, हुम्ला र भोजपुर रहेका छन् ।

याे पनि पढ्नुस  रोनाल्डोले आफ्ना होटलहरुलाई अस्पताल बनाउँदैः कोरोनाका विरामीको निःशुल्क उपचार

देशभर आज १०८ जनाको पीसीआर पोजिटिभ

नेपालमा बिहीबार १ सय ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

देशका विभिन्न २५ प्रयोगशालामा गरिएको परीक्षणमा आज थप १ सय ८ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै सङ्क्रमितको कुल संख्या १६ हजार ४ सय २३ पुगेको छ । त्यस्तै आज १ सय ३९ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

याे पनि पढ्नुस  कोरोना संक्रमित युवतीलाई घरसम्म पुर्‍याउने चालकको परिचय खुल्यो

योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७ हजार ८ सय ९१ पुगेको छ ।

कमेन्ट गर्नुहोस्