कुँवरद्वारा ग्लोबल आइएमईको कार्यकारी अधिकृतबाट राजीनामा

काठमाडौं : ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतबाट पर्शुराम कुँवरले दिएको राजीनामा स्वीकृत भएको छ ।

साउन १ गतेदेखि लागू हुने गरी कुँवरले दिएको राजीनामा बैंक सञ्चालक समितिले स्वीकृत गरेको हो ।

तत्कालीन जनता बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका कुँवर ग्लोबल र जनता मर्ज भएसँगै बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

याे पनि पढ्नुस  ग्लोबल र जनता बैंकबाट सुरु भयो ‘बिग मर्जर’, आजदेखि एकीकृत कारोबार

२०७८ जेठसम्म कार्यकाल भए पनि उनले बीचमै बैंक छोडेका हुन् । क्षेत्रीले स्वास्थ्यको कारण देखाउँदै बैंक छाडेका बताइएको छ ।

कमेन्ट गर्नुहोस्