सार्वजनिक स्थलमा यौनजन्य क्रियाकलापमा संग्लग्न १ जोडी पक्राउ

महेन्द्रनगर : कञ्चनपुरमा विहीबार एक जोडी पक्राउ परेको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका-१० स्थित सार्वजनिक स्थलमा यौनजन्य क्रियाकलापमा संग्लग्न भएको भन्दै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापाका अनुसार पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिकाका वर्ष २८ का युवक र ३० वर्षीया कैलालीको गोदावरी नगरपालिका–९ की युवती रहेकी छन् ।

याे पनि पढ्नुस  बलात्कारको आरोपमा मालपोतका प्रमुख पक्राउ

प्रचलित कानुन बमोजिम सार्वजनिक स्थलमा यौन क्रियाकलाप गर्न नपाइने व्यबस्था भएकोले हाल उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्