देशका विभिन्न स्थानमा बाढी पहिरोको जोखिम उच्च, हाइअलर्टमा रहन गृहको निर्देशन

काठमाडौं : नेपालको मध्यभागमा बाढी पहिरोको उच्चजोखिम रहेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले निस्कर्ष निकालेको छ ।

सिन्धुपाल्चोकका विभिन्न ठाउँमा गएको बाढी पहिरोले ठूलो जनधनको क्षति भएपछि आकस्मिकरूपमा बसेको बैठकले अझै केही दिन उच्चजोखिम रहेको निष्कर्ष निकालेको हो ।

याे पनि पढ्नुस  म्यादी पहिरो अपडेटः ११ को मृत्यु, २२ बेपत्ता, ३५ घरमा क्षति

प्राधिकरणको बैठकपछि सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले जोखिमअनुसार तयारी बढाउन र सुरक्षा निकायलाई हाइअलर्ट (उच्च शतर्कता) मा रहन अनुरोध गरको छन् ।

यसअघि बसेको प्राधिकरणको बैठकले यो वर्ष ठूलै संकट आउने आकलन गरेको थियो। गृहमन्त्रालयले बुधबार केही दिन उच्चजोखिम रहेको सूचना जारी गरेको थियो। गएराति नै सिन्धुपाल्चोकमा ठूलो क्षति भएको हो।

याे पनि पढ्नुस  प्राकृतिक प्रकोप पीडितको अवस्था बुझ्न चितवन जाँदै प्रचण्ड

सिन्धुपाल्चोकमा २ जनाको ज्यान गइसकेको छ, २० जना बाढी पहिरोमा हराइरहेका छन्। चार जना घाइते भएका छन्।

जेठमा वर्षाले धरातल भिजाइसकेको र आगामी दिनमा ठूलो वर्षा हुने देखिएकाले जोखिम बढि भएको बैठकको निष्कर्ष छ। आगमी तीन चार दिन मध्य तथा पूर्वी भागमा बाढी पहिरोको उच्चजोखिम आँकलन गरिएको छ।

कमेन्ट गर्नुहोस्