लमजुङमा पहिरोले घर पुर्यो, एकै परिवारका ३ जनाको मृत्यु

फाइल फोटो ।

काठमाडौंः लमजुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

अविरल बर्षाले बिहीबार राति पहिरो गएर घर पुरिँदा बेसीसहर नगरपालिका– ७ सातबिसेमा बिहीबार २० वर्षीय दीपक तामाङ, २५ वर्षीया बिमाया तामाङ र ८ वर्षीय बालक छेवाङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  वीरगञ्जमा मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि

पहिरोले उक्त घरमा बस्ने अन्य ३ जना सामान्य घाइते भएका छन् । उनीहरूको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्